काभ्रे । भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ दधिकोट तर्खालबाट जुवातास खेलेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ पक्राउ गरेको हो ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार नेपाली रूपैयाँ, ३ हजार ७ सय भारतीय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।



















