सोमबार, बैशाख ०७, २०८३
नेप्से १२ अंकले उकालो, ५ अर्बभन्दा बढीको कारोबार

काभ्रे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १२.०३ अंकले बढ्दै २,७६१.८६ विन्दुमा पुगेको छ।

३२६ कम्पनीका १ करोड १४ लाख ४० हजारभन्दा बढी कित्ता शेयर ६८ हजार ७७५ पटक कारोबार भई करिब ५ अर्ब ११ करोड रुपैयाँको लेनदेन भएको छ।

आज व्यापार र अन्य समूहमा सामान्य गिरावट देखिए पनि बाँकी सबै उपसमूह हरियालीमा रहे।
सबैभन्दा बढी वृद्धि बैंकिङ समूहमा (१.५०%) भएको छ भने, उत्पादन, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा समूह पनि सकारात्मक भएका छन्।

हिम स्टार ऊर्जा कम्पनी लिमिटेड को शेयर मूल्य ६.०७% ले घट्दै सबैभन्दा कमजोर देखियो भने, उन्नति सहकार्य लघुवित्त ७.६८% ले घट्दै सबैभन्दा धेरै गिरेको कम्पनी रह्यो।
करोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी अगाडि रह्यो (२८ करोड रुपैयाँभन्दा बढी)। कारोबार संख्याका आधारमा भने कुमारी बैंक लिमिटेड पहिलो रह्यो।

सिफारिस

ताजा समाचार

लोकप्रिय