मंगलबार, बैशाख ०८, २०८३
भान्सामा गाडिएको श्रीमतीको शव फेला, पति नियन्त्रणमा

काभ्रे ।  अर्घाखाँचीमा श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार गुरुङले करिब एक साताअघि आफ्नी ३४ वर्षीया श्रीमती सुमित्राको हत्या गरी भान्सा कोठामै शव गाडेका थिए। छोरी हराएको भन्दै दर्ता गरिएको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गर्दा भान्सामा सडेको शव भेटिएको हो।

घरायसी विवादका कारण आवेशमा आएर श्रीमतीको हत्या गरेको अभियुक्तले प्रारम्भिक बयानमा स्वीकार गरेका छन्। उनी प्युठानको नौबहिनी गाउँपालिका–१ का स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय