सोमबार, बैशाख ०७, २०८३
नेप्से १९.८९ अंकले घटेर २,७४१.९७ मा स्थिर

काभ्रे ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १९.८९ अंकले घटेर २,७४१.९७ विन्दुमा पुगेको छ।

आज ३२३ कम्पनीका १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक किनबेच हुँदा कुल कारोबार रकम रु ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ पुगेको छ।

सबै समूहका उपसूचक आज ओरालो लागेका छन्। बैंकिङ ०.४९, विकास बैंक ०.३९, वित्त ०.८८, होटल तथा पर्यटन ०.५२, जलविद्युत् ०.९६, लगानी ०.७६ र जीवन बीमा ०.३० प्रतिशतले घटे। त्यस्तै उत्पादन तथा प्रशोधन ०.८०, लघुवित्त ०.९७, म्युचुअल फन्ड ०.२८, निर्जीवन बीमा ०.७०, व्यापार १.९७ र अन्य समूह ०.५३ प्रतिशतले घटेका छन्।

कम्पनी अनुसार हेर्दा, हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्दै सबैभन्दा धेरै उक्लियो भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ७.४७ प्रतिशतले घट्दै सबैभन्दा बढी घट्यो।

कारोबार रकममा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि रह्यो जसले २२ करोड ७० लाख ४५ हजार ८१४ बराबरको कारोबार गर्यो। कारोबार भएका कित्ताका हिसाबले भने दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो, जसको ५ लाख ६१ हजार ५१४ कित्ता सेयर किनबेच भयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय