काभ्रे । भाषा आयोगले सवारी साधनमा प्रयोग हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामै राख्नुपर्नेमा जोड दिएको छ।
आयोगले नेपालको संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी कामकाजको भाषा नेपाली भाषा हुने व्यवस्था स्पष्ट भएको उल्लेख गर्दै, नम्बर प्लेट अंग्रेजी भाषामा राखिने प्रचलनप्रति आपत्ति जनाएको हो।
संविधानले नचिनेको भाषा र लिपी प्रयोग नगरी देवनागरी लिपीमै नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले स्मरण गराएको छ।
आयोगका अध्यक्ष डा. गोपाल ठाकुरका अनुसार आयोगले यही भदौ १ गते गरेको निर्णयअनुसार आफ्नो संवैधानिक दायित्व बोध गर्दै नेपाल सरकारको पुनः ध्यानाकर्षण गराएको हो।























