काभ्रे । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा मंगलबार राति स्कुटर दुर्घटनामा एक जनाको ज्यान गएको छ।
पृथ्वी राजमार्गमा पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग २९ प ३०३६ नम्बरको स्कुटर र विपरीत दिशातर्फ जाँदै गरेको ग २३ प ८००७ नम्बरको स्कुटर आपसमा ठोक्किँदा म्याग्दे–७ निवासी ३२ वर्षीय विजय थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
गम्भीर घाइते थापालाई उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सो दुर्घटनामा ग २३ प ८००७ नम्बरको स्कुटर चालक, पोखरा महानगरपालिका–१७ निवासी १९ वर्षीय प्रवीण क्षेत्री घाइते भएका छन्। उनको पोखरास्थित जिएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



















