बिहिबार, जेठ ०७, २०८३
ताजिकिस्तानको जित नेपाल ४–० गोल अन्तरले हार

काभ्रे ।  एएफसी २३ वर्ष मुनिको एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको छ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल पहिलो खेलमै पराजित भयो । ताजकिस्तानका मुहम्मद अली अजिजबोइभले दुई तथा रहमतजोदा रहमतशो र शरिपोभ डालेरले समान एक गोल गरे ।

योसँगै समूह ‘के’ मा रहेको ताजकिस्तानले छनोटको सम्भावना बलियो बनाएको छ । नेपाललाई भने यो छनोट कठिन हुने देखिएको छ । खेलको शुरूवाती समयदेखि नै घरेलु टोलीले नेपाललाई दबाबमा राख्यो । पहिलो हाफमा एक गोल गरेको ताजकिस्तानले दोस्रो हाफमा तीन गोल थप्यो ।

अब नेपालले शनिवार दोस्रो खेलमा सिरियासँग खेल्नेछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय