सोमबार, बैशाख ०७, २०८३
१५ अङ्कले नेप्से परिसूचक घट्यो

काभ्रे ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १५.६४ अंकले घटेर २,७२६.३३ विन्दुमा पुगेको छ। आज ३२६ कम्पनीका १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर ६८ हजार ५९४ पटक कारोबार हुँदा कुल कारोबार रकम रु ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० मा सीमित भएको छ।

आजको कारोबारमा म्युचुअल फण्ड ०.२२ प्रतिशत र व्यापार समूह ०.०७ प्रतिशतले मात्र बढेका छन् भने बाँकी सबै समूह घटेका छन्। बैंकिङ ०.५५, विकास बैंक ०.८५, वित्त ०.७६, होटल तथा पर्यटन ०.९३, जलविद्युत् ०.९३, लगानी ०.५४ र जीवन बिमा ०.५६ प्रतिशतले ओरालो लागेका छन्।

यस्तै, उत्पादन तथा प्रशोधन ०.४०, लघुवित्त ०.६९, निर्जीवन बिमा ०.३९ र अन्य समूह ०.२७ प्रतिशतले घटेका छन्। हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयरमा आज सकारात्मक सर्किट लाग्दा, लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य ६.९९ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा बढी रु ३३ करोड ८० लाख २२ हजार ५२४ बराबरको शेयर किनबेच भएको कम्पनी युनियन हाइड्रोपावर लिमिटेड बनेको छ। कारोबार संख्याका आधारमा भने १२ लाख ११ हजार ६६ कित्ता शेयर किनबेचसहित लिबर्टी इनर्जी कम्पनी लिमिटेड शीर्षस्थानमा रह्यो।

सिफारिस

ताजा समाचार

लोकप्रिय