
काभ्रे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका शापू सेतो पुतलीबाट सचेत रहन आग्रह गरेको छ ।
शापू एक दृष्टिनाशक रोग हो । प्राय वर्षायाम पछि भदौदेखि मंसिर महिनासम्म विशेष गरी नेपालको मध्य पहाडी भेगमा शापू महामारीको रूपमा देखिने गरेको छ ।
मन्त्रालयका अनुसार यो रोगको लक्षणहरू देखा परेको २४ देखि ४८ घण्टाभित्र उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ । यो सबै उमेरमा देखिन्छ विशेषगरी बालबालिकामा बढी देखिन्छ ।
हालसम्म सेतो पुतली (मोथ) लाई शापूको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ ।
लक्षणहरू:
– एक्कासि एउटा मात्र आँखा रातो हुनु र चिप्रा नलाग्नु
–उज्यालोमा हेर्न नसक्नु
–आँखा दुख्नु
– उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
–आँखाको दृष्टिमा तत्कालै कमी हुनु
रोकथाम
–सेतो पुतलीको संसर्गबाट टाढै रहने
–धेरै उज्यालो सेतो बत्ती नबाल्ने
–साँझ र राती झ्याल ढोका बन्द गर्ने
–सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
–सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने