काभ्रे । देशका ७५ जिल्लाबाट पाँच हजार ३७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार देशका ७५ जिल्लाबाट पाँच हजार ३७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुनुका साथै दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ।
गण्डकी प्रदेशमा एक हजार ३३३ जनामा डेङ्गु पुष्टि भएको छ। त्यसैगरी बागमतीमा एक हजार २६१, कोशीमा ७६१, लुम्बिनीमा ९४१, सुदूरपश्चिममा ६४५, कर्णालीमा ३२० र मधेशमा ११७ जनामा डेङ्गु पुष्टि भएको छ। डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन आग्रह चिकित्सकको आग्रह छ।
चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ। सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्।



















