प्रधानमन्त्री कार्कीले नर्सहरूको समस्या छिटो समाधान गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएकी छन्।

आज प्रधानमन्त्री कार्कीले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर नर्सहरूको आन्दोलनबारे जानकारी लिँदै तुरुन्त समाधानका लागि ठोस कदम चाल्न आदेश दिइन्।

स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हालेकी कार्कीले नर्सहरूको माग बुझेर शीघ्र सम्बोधन गर्ने र प्रगतिबारे जानकारी गराउने व्यवस्था गर्न निर्देशन दिइन्।

उनीहरूले देशभित्र दक्ष जनशक्ति अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको उल्लेख गर्दै, समस्या समाधान नगरे ठूलो संख्यामा जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने चेतावनी दिइन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय