मंगलबार, बैशाख ०८, २०८३
ट्रक घरमा ठोक्किँदा पन्छी मरे, एक जनाको ज्यान गयो

काभ्रे ।  सिन्धुलीको कमलामाई नगरपालिका–९ बथानचौडी नजिक आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ गइरहेको ट्रकले बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिएको थियो। दुर्घटनामा भुजेलको घटनास्थलमै मृत्यु भएको हो भने दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

ठक्करपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो भत्किएको छ र घरपालुवा २० वटा पन्छी मरेका छन्। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय