आइतबार, बैशाख ०६, २०८३
सुन तोलामा ४ सय, चाँदीमा २५ रुपैयाँले मूल्य घट्यो

काभ्रे । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेर २ लाख ११ हजार ६ सय रुपैयाँमा पुगेको छ। आइतबार भने सुन तोलाको २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। आइतबार तोलाको २ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले घटेर २ हजार ४७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय