मंगलबार, बैशाख ०८, २०८३
रगतको हिसाब दे’ भन्दै बनेपामा आक्रोशित प्रदर्शन (तस्वीरहरू)

काभ्रे । जेनजी आन्दोलनमाथि भएको प्रहरी दमनपछि देशभर प्रदर्शन थप चर्किएको छ।

कतिपय स्थानमा आगजनीसम्म भएका छन् भने अधिकांश ठाउँमा विरोध प्रर्दशन जारी छ।

काभ्रेको बनेपामा समेत जेनजी युवाहरु सडकमा उत्रिएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र भ्रष्टाचारविरुद्ध गरिएको आन्दोलनमा प्रहरीले गोली चलाएको घटनाप्रति उनीहरुले कडा आपत्ति जनाएका छन्।

काठमाडौंमा प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ। बनेपामा प्रदर्शनकारीहरुले ‘रगतको हिसाब दे’ भन्ने प्लाकार्डसहित विरोध प्रदर्शन गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय