आइतबार, बैशाख ०६, २०८३
नेप्से ११.५२ अंकले घट्यो

काभ्रे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ११.५२ अंकले घटेर २,७०८.२५ मा झरेको छ। यो अघिल्लो दिनको तुलनामा ०.४२ प्रतिशतको गिरावट हो।

आजको कारोबारमा ३३४ कम्पनीका १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर ५८ हजार ८७ पटक कारोबार हुँदा कुल रकम रु. ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१.७२ पुगेको छ।

आज १७३ कम्पनीका सेयर मूल्य घटेका छन् भने ७९ कम्पनीका बढेका छन्।
सबैभन्दा धेरै हिम स्टार इनर्जी कम्पनी लिमिटेडको सेयर ९.९७ प्रतिशतले घट्यो। त्यसैगरी, एनआइबिएल समृद्धि फण्ड–२ ५.८३ प्रतिशत, युनिभर्सल पावर कम्पनी ५.१२ प्रतिशतले ओरालो लागे।
त्यस्तै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेड ४.६२ प्रतिशत र विकास हाइड्रोपावर कम्पनी लिमिटेड ३.९२ प्रतिशतले घटेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय