बुधबार, बैशाख १६, २०८३
काठमाडौँ उपत्यका पूर्वी नाकामा कडाइ, साँगा–नाला–नगरकोट प्रवेश बन्द

काभ्रे । काठमाडौं उपत्यका पूर्वी नाकामा कडाइ गरिएको छ ।

काभ्रे हुँदै उपत्यका पस्ने बनेपाको साँगा, नाला र नगरकोट नाकामा विशेष निगरानी बढाइएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।

उनका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा जारी कर्फ्यू आदेशपछि व्यक्तिहरू र सवारीसाधनलाई उपत्यका प्रवेशमा रोक लगाइएको छ ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार जडीबुटीदेखि अरनिको राजमार्गको साँगा वरिपरि २०० मिटर क्षेत्र, च्यामासिंह–ताथली हुँदै नाला पुग्ने बाटो, सल्लाघारी–नगरकोट सडक, कमलविनायक–खरिपाटी हुँदै नगरकोट क्षेत्रसम्म कर्फ्यू लागू भएपछि उपत्यका प्रवेश कडाइ गरिएको काभ्रे प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय