काभ्रे । प्रधान सेनापति अशाेकराज सिग्देलले राष्ट्रपति रामचन्द्र पाैडेलसँग गरिने वार्तामा जेन जी समूहमात्रै नभएर आन्दोलनको स्टकहाेल्डरकाे रुपमा रास्वपा र दुर्गा प्रसाईं टाेलीलाई पनि सहभागी गराउनुपर्ने बताएपछि वार्ता भाँडिएकाे दावी सार्वजनिक भएकाे छ ।
जेनजी अभियन्ता रक्षा बमले आज आर्मी हेडक्वार्टरमा भएकाे छलफलमा जेनजीसहित दुर्गा प्रसाईं र रास्वपालाई पनि वार्ता टाेलीमा राख्न माग गरेकाे दावी गरेकी छन् । उनले प्रधानसेनापतिकाे साे प्रस्तावपछि आफूहरु वार्ता छोडेर हिँडेकाे फेसबुकमा लेखेकि छन् ।
उनले लेखेकी छन् । , ” राष्ट्रपतिसंग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसंग वार्तामा बस्नुस् , उहाहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनेसकेपछि , जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन जी समुहसंग छलफलका निम्ती तयारी गरिरहेका छौं।”




















