मंगलबार, बैशाख ०८, २०८३
जेलमा झडपसँगै गोली चल्दा रामेछापमा दुईको मृत्यु

काभ्रे । बिहीबार बिहानै कैदीबन्दीहरूले भित्री गेट तोडेपछि बाहिरी गेट तोड्न खोजेका थिए। स्थितिलाई नियन्त्रणमा लिन खटिएको नेपाली सेनाले गोली चलाउँदा सुरुमा २ जनाको मृत्यु भएको थियो। तर उपचारका क्रममा थप एकजनाको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको रामेछाप अस्पतालले जनाएको छ।

घटनामा १३ जना कैदी घाइते भएका छन्। उनीहरूको उपचार हाल जिल्ला अस्पताल रामेछापमा भइरहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्।

स्थानीयका अनुसार बिहानै कारागार परिसरमा गोली चलेको आवाज सुनिएको थियो। रामेछाप कारागारमा हाल ३३५ जना कैदीबन्दी रहेका छन्। प्रशासनका अनुसार अहिले अवस्था नियन्त्रणमा आइसकेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय