मंगलबार, बैशाख ०८, २०८३
बनेपामा भेटिएको सकेट बम सेनाले सुरक्षित रूपमा गर्‍यो डिस्पोज

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा भेटिएको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

बस्तीको बीचमा फेला परेको बमलाई बस्तीभन्दा करिब ५ सय मिटर टाढा लगेर निस्क्रिय पारिएको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले बताए ।

बुधबार साँझ बम भेटिए पनि घर नजिक र अँध्यारो भएको कारण सेनाको बम डिस्पोजल टोलीले आज बिहान मात्र विस्फोट गराएर निस्क्रिय पारेको हो। रातभर सेनाले बमलाई घेरा हालेर सुरक्षित राखेको थियो ।

बनेपामा म्याद सकिएका आठ वटा सकेट बम फेला परेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय