काभ्रे । सिन्धुली जिल्लाको सिन्धुलीमाढीस्थित कारागारबाट बुधवार मुख्य गेट तोडेर भागेका १६७ कैदीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएर कारागार प्रशासनलाई बुझाएको छ।
प्रहरीका अनुसार, कैदी बन्दीहरूले बुधवार बिहान कारागार भित्र आगजनी गरी मुख्य गेट तोडेका थिए। प्रारम्भिक नियन्त्रण कार्यमा १४० जना कैदी कारागारमै फिर्ता राखिएको छ भने १६ महिला कैदी प्रहरी नियन्त्रणमा छन्।
जिल्ला कारागार सिन्धुलीबाट बुधवार २८ पुरुष र ४३ महिला कैदी भागेका थिए। सबै कैदी भागेपछि प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको सहयोगमा खोजी तीव्र पारिएको थियो।
प्रहरी उपरीक्षक लाल ध्वज सुवेदीका अनुसार, बिपी राजमार्गको खुर्कोटदेखि काठमाडौँ, सुनसरी जलेश्वरसम्मका अन्य भागेका कैदीहरू पनि नियन्त्रणमा लिइएको छ। खोजी कार्य अझै तीव्र रूपमा जारी रहेको छ र धमाधम नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।



















