सोमबार, बैशाख ०७, २०८३
आज  सुनको मूल्य बढ्यो

काभ्रे । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर दुई लाख १५ हजार आठ सयमा रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख १४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।  आज चाँदी ६० रुपैयाँले बढेर  तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  बिहीबार चाँदी तोलामा दुई हजार ५०५ मा कायम भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय