मंगलबार, बैशाख ०८, २०८३
नेपालतर्फको बेलीबृज निर्माण रसुवागढी नाकाबाट आजदेखि

काभ्रे । नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाकामा बेलीबृज निर्माणको काम आजबाट नेपालतर्फ सुरु हुने भएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ।

चीनतर्फको निर्माण कार्य पूरा भइसकेपछि लेन्देखोलामा डाइभर्सन तयार गरिएको छ र चिनियाँ कामदार नेपालतर्फ बेलीबृज निर्माणका लागि आएका छन्। प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, आजबाट नेपालतर्फको निर्माण कार्य सुरुवात हुनेछ।

बिहीबार डाइभर्सन निर्माण भएपछि चीनको केरुङमा काम गर्न गएका १३६ जना नेपाली कामदार पनि नेपाल फर्किसकेका छन्। गत असार २४ गते र साउन १४ गतेको बाढीले स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको करिब ६ किलोमिटर सडक कटान गरेपछि उक्त सडक अहिले एकतर्फी रूपमा सञ्चालनमा छ। निर्माण कार्य सुरक्षा निकायको निगरानीमा हुनेछ।

गत असार २४ गते लेन्देखोलामा आएको भीषण बाढीले चीन र नेपालको सिमानामा रहेको मितेरी पुल बगाएपछि, त्यसको विकल्पको रूपमा बेलीबृज निर्माण कार्य चीन सरकारले सुरु गरेको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय