काभ्रे । नयाँ सरकार गठनसँगै देशभरको जनजीवन सामान्य अवस्थामा फर्किएको छ।
आन्दोलनका कारण केही दिनअघिदेखि जारी कर्फ्यु र निषेधाज्ञा हटेसँगै मुलुकका विभिन्न क्षेत्रमा नागरिक आफ्नो दैनिकी र पेसा–व्यवसायमा फर्किएका छन्। युवापुस्तासहित आमजनतामा उत्साह र खुशियाली छाएको छ।
शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाउँदै नागरिकले नयाँ सरकारप्रति अपेक्षा व्यक्त गरेका छन्। भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नारासहित जेन-जी पुस्ताले उठाएका मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो।
जनताको चाहनाअनुरूप शान्ति, सुव्यवस्था र कानुनी शासन कायम गर्दै तोकिएको समयसीमाभित्र निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गर्ने तयारी सरकारले गरेको छ।



















