मंगलबार, बैशाख ०८, २०८३
पाँच दिनपछि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन

काभ्रे । जेनजीको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीसाधनको आवागमन आजदेखि पुनः सुरु भएको छ। सार्वजनिक बस, ट्याक्सी लगायतका सवारीसाधन बिहानैदेखि चलिरहेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीका अनुसार, “शुक्रबार सवारीसाधन फाट्टफुट्ट मात्र चलेका थिए, तर आज बिहानदेखि बाक्लो सङ्ख्यामा सञ्चालन भएको छ। यात्रुहरूको चहलपहल बढेको देखिन्छ।”

चितवनतर्फबाट आएका सार्वजनिक बसहरू आज काठमाडौँका लागि प्रस्थान गरिसकेका छन् भने काठमाडौँबाट बाहिरी जिल्लातर्फ जाने सवारीसाधन साँझदेखि चल्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ।

गत मङ्गलबारदेखि उपत्यकामा जेनजीको प्रदर्शन र कर्फ्युका कारण सवारीसाधन ठप्प भएका थिए। आज बिहान कर्फ्यु हटेपछि जनजीवन सामान्य हुँदै गएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय