मंगलबार, बैशाख ०८, २०८३
सडक दुर्घटनामा घाइते मोटरसाइकल चालकको उपचारकै क्रममा मृत्यु

काभ्रे । काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकमा आज बिहान टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा परेका बा४६प ४६०० नम्बरको मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो।

उहाँका अनुसार गम्भीर घाइते भएका केसीलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना गरिएको थियो तर उपचारकै क्रममा उहाँको मृत्यु भएको हो। ठक्कर दिने टिपरको नम्बर भने खुल्न नसकेको र त्यसको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय