बिहिबार, जेठ ०७, २०८३
नेपाली क्रिकेट टिम सार्वजनिक, वेस्ट इन्डिजसँग खेल्न तयार

काभ्रे । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि नेपाली टोली घोषणा गरेको छ।

आगामी असोज दोस्रो सातामा संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट मैदानमा हुने तीन खेलको शृङ्खलाका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली सार्वजनिक गरेको हो।

घोषित टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर आसिफ शेख, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आदिल आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ शेख, सन्दीप जोरा, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम रहेका छन्।

टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन्। आदिल २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा फर्किएका हुन् भने सन्दीप २०२४ को ट्वान्टी–२० विश्वकपपछि पुनः टोलीमा समावेश भएका हुन्।

नेपालले वेस्ट इन्डिजसँग असोज ११, १३ र १४ गते तीन खेल खेल्ने कार्यक्रम तय भएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय