मंगलबार, बैशाख ०८, २०८३
दशैं–तिहारमा सहज यात्रा: वि.पि. राजमार्ग २४ घण्टा खुला

काभ्रे । वर्षातको कारण बारम्बार पहिरोले अवरुद्ध हुँदै आएको वि.पि. राजमार्ग काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने खण्ड अब २४ सै घण्टा सञ्चालन हुने भएको छ।

यसअघि सडकको कमजोर भौगोलिक अवस्थाका कारण यात्रु सुरक्षालाई ध्यानमा राखी सो खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन निषेध गरिएको थियो। तर आसन्न दशैं–तिहार लगायतका चाडपर्वमा यात्रुको सहज आवागमन सुनिश्चित गर्न जिल्ला सुरक्षा समिति काभ्रेले आश्विन १ गतेदेखि स्वीकृत सडक सुरक्षा कार्ययोजना अनुसार आवश्यक सतर्कता अपनाई २४ सै घण्टा राजमार्ग सञ्चालन गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयले सो निर्णयबारे सबै सम्बन्धित निकाय तथा यात्रुलाई जानकारी गराउँदै सडक प्रयोग गर्दा अतिरिक्त सावधानी अपनाउन आग्रह गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय