बिहिबार, जेठ ०७, २०८३
साफ यू–१७ च्याम्पियनसिपमा नेपालको शानदार प्रदर्शन, विजयी नतिजा

काभ्रे । श्रीलङ्काको राजधानी कोलोम्बोमा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले घरेलु टोली श्रीलङ्कामाथि २–० गोलअन्तरको जित निकालेको छ।

समूह ‘ए’ अन्तर्गत कोलोम्बो रेसक्वर्स मैदानमा आज भएको खेलमा नेपालका समिर कुमार दुई गोल गर्दै टोलीलाई विजयी बनाए। उनले खेलको ५२औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाए भने इन्जुरी समयको तेस्रो मिनेटमा दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरे।

नेपालले प्रतियोगिताको दोस्रो खेल आगामी असोज २ गते बङ्गलादेशविरुद्ध खेल्नेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय