मंगलबार, बैशाख ०८, २०८३
कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव

काभ्रे । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा शव फेला परेकाे छ ।

बुधबार बिहान भाटभटेनीको चौथो तलामा शव भेटिएको हो ।

मृतक रामेछापको खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइली रहेको खुलेको छ ।

याे सँगै जेनजी आन्दाेलनमा ज्यान गुमाउनेकाे संख्या ७४ पुगेको छ ।

प्रहरीका अनुसार अस्थिपन्जर मात्र बाँकी रहेको अवस्थामा शव फेला परेको छ । शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय