श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत समूह ए मा आप्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।
खेल कोलो्मबोस्थित कोलोम्बो हर्सकोर्समा नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । तीन टोली मात्र सम्मिलित यस समूहमा नेपाल आफ्नो दोस्रो तथा अन्तिम खेल खेल्दैछ भने बंगलादेशको पहिलो खेल हुनेछ ।
यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई २-० ले पराजित गरिसकेको छ । आजको खेलमा नेपालले बराबरीको नतिजा निकालेपनि सेमिफाइनलमा स्थान पक्का गर्नेछ भने बंगलादेशलाई पराजित गर्न सके समूह विजेता नै बन्नेछ । यदी नेपाल पराजित भएमा भने सेमिफाइनल पुग्न बंगलादेश र श्रीलंकाबीच हुने अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।



















