सोमबार, बैशाख ०७, २०८३
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन सुरु

काभ्रे । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा खसेको सुक्खा पहिरोका कारण गए राति अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०:५५ बजे सडक अवरुद्ध भएको थियो। तत्काल पहिरो पन्छाउने कामसँगै राति ११:५५ बजेदेखि एकतर्फी सवारी सञ्चालन गरिएको थियो। आज बिहान ७:१५ बजेदेखि भने सडक पूर्णरूपमा दुईतर्फी सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।

उहाँका अनुसार पहिरोसँगै खसेको ढुङ्गाले ठक्कर दिँदा ना६ख १५२२ नम्बरको बसको अगाडिको सिसामा क्षति पुगेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय