सोमबार, बैशाख ०७, २०८३
नेपाली बजारमा सुनचाँदीको मूल्यमा बढोत्तरी: सुन तोलामा ८००, चाँदी ६० रुपैयाँले वृद्धि

काभ्रे । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार सुन तोलामा दुई लाख १५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँले बढेर दुई हजार ५८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय