मंगलबार, बैशाख ०८, २०८३
अवैध लागूऔषधसहित एक युवक पक्राउ

काभ्रे । महोत्तरीको बर्दिबास नगरपालिका-३ बाट आज बिहान ४ ग्राम २०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित सिराहाका जेनिस चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले सिराहाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार चौधरीलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय