शनिबार, आषाढ २०, २०८३
महामन्त्रीद्वयको प्रस्ताव केन्द्रीय समितिले मात्रै निर्णय लिन्छ : शेखर कोइराला

काभ्रे । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी बैठकमा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले राखेको प्रस्तावबारे केन्द्रीय समितिले मात्रै निर्णय लिनेभएकालेअहिले नै केही धारणा सार्वजनिक गर्न नसकिने बताएका छन् ।

शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेता कोइरालाले देश नै विषम परिस्थितिमा रहेको बेलामा अहिले पार्टीको प्रारम्भिक धारणामाथि मात्रै छलफल भएकाले पूर्ण रुपमा धारणा सार्वजनिक गर्ने बेला नआइसकेको उनको भनाइ थियो । पार्टी केन्द्रीय समिति बैठकमा पर्याप्त छलफल गरेर मात्रै महामन्त्रीद्वय थापा र शर्माको प्रस्तावमाथि थप धारणा राख्ने कोइरालाले बताए ।

‘म पनि त्यो केन्द्रीय कार्यसमिति बैठकमा छु । कसले के बोल्नुभयो, कसो बोल्नुभयो सबै थाहा छ,’ कोइरालाले भने, ‘केन्द्रीय समितिले निर्णय नगरी अहिले केही बोल्नसक्ने अवस्था छैन । कसले के भन्यो भन्ने कुरा होइन, नेपाली कांग्रेसले के बोल्छ भन्ने मुख्य कुरा हो ।’

शुक्रबार बसेको पार्टीको बैठकमा महामन्त्रीद्वय थापा र शर्माले पार्टी पुनर्गठनका लागि नियमित वा विशेष महाधिवेशन गर्न सकिने विचार राखेका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय