काभ्रे । ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन्।
आइतबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा राजदूत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका हुन्।
भेटका क्रममा नेपालको ऊर्जा, यातायात, भौतिक पूर्वाधार, सहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
नेपालको विकासका लागि भारतले सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री घिसिङले नेपालाई अहिले नेपालको शान्ति व्यवस्था, विकास र समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहेको बताए।
घिसिङलाई राजदूत श्रीवास्तवले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए।



















