काभ्रे । नख्खु कारागारबाट फरार भएका एक कैदीले आफ्नै पत्नीको हत्या गरेका छन्।
काभ्रेको पनौती नगरपालिका–१२ गागलका ३५–३६ वर्षका सन्तबहादुर तामाङले आफ्नी ३० वर्षीया श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिएका छन्।
सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका र जवरजस्ती करणी अभियोगमा कैद सजाय भोगिरहेका थिए।
घटनापछि तामाङ फरार रहेका छन् भने इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले बताएका छन्। थप विवरण प्रहरी घटनास्थल पुगेपछि मात्र आउन सक्ने जनाइएको छ।



















