मंगलबार, बैशाख ०८, २०८३
गुप्तचरको प्रमुखमा टेकेन्द्र कार्की

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।

जुम्ला घर भएका कार्कीलाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले बताए । गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर हुतराज थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुखको पद रिक्त थियो ।

नवनियुक्त प्रमुख कार्की २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका थिए । उनले आफ्ना प्रतिस्पर्धी ओम प्रकाश जोशीलाई पछि पारेका छन् । जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै प्रधानमन्त्री शुसीला कार्की नेतृत्वकाे मन्त्रिपरिषद्ले उनलाई गुप्तचर प्रमुखमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

कार्की पनि यसअघिका प्रमुख  हुतराज थापाकै ब्याचमेट हुन् । मुलुकभर राष्ट्रिय अनुसन्धान विभागको संरचना छ । सिंहदरबार परिसरमा विभागको मुख्यालय छ । विभागका २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको हुन्छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय