काभ्रे । सप्तरीको सुरुंगा नगरपालिका–२, हर्दियाको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सात वर्षीया सुस्तिका चौधरी र ११ वर्षीया आशकी चौधरीको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो ।
घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि पोखरीबाट बालिकाहरूको शव निकालिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















