काभ्रे । चितवनको इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार खसेको पहिरो पन्छाएसँगै अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुई दिनपछि सञ्चालनमा आएको छ। डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार मङ्गलबार दिउँसो ४ः३० बजेदेखि अवरुद्ध सडक विहीबार राति पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याइएको हो।
सडक सञ्चालनमा आएसँगै रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गरेको छ।
गत एक सातादेखि मालबाहक सवारीसाधन रोकिएका थिए भने यात्रुवाहक केही सवारी भने आंशिक रूपमा खुलेको समयमा मात्र पार हुन सकेका थिए।



















