मंगलबार, बैशाख ०८, २०८३
सिन्धुपाल्चोकमा डेलिभरी भ्यान दुर्घटना, २३ वर्षीय चालक बेपत्ता

काभ्रे ।  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेबाट खाडिचौरतर्फ जाँदै गरेको डेलिभरी भ्यान भोटेकोसी नदीमा खस्दा चालक बेपत्ता भएका छन्।

बलेफि गाउँपालिका–५ स्थित अरनिको राजमार्गबाट करिब ५० मिटर तल नदीमा खसेको बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यानमा सवार काभ्रे पनौती नगरपालिका–१० का २३ वर्षीय नवराज खुलाल बेपत्ता भएको बलेफि प्रहरी चौकीका प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश प्रसाद गुप्ताले जानकारी दिनुभयो।

आज बिहान सिन्धु दुग्ध डेरीको दूध सङ्कलनका लागि गएकाे भ्यान दुर्घटनामा परेकाे हो। हाल र्‍याफ्टिङ टोलीको सहायतामा बेपत्ता चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय