काभ्रे । रोशी खोलाले बगाएर काभ्रेमा एक महिलाको मृत्यु भएको छ ।
रोशी खोलाले बगाएर तेमाल ८ की ५७ वर्षीया डोल्मो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार रोशी खोलामा आएको बाढीले आफ्नो खेत बगाए नबगाएको हेर्न आउँदा खोला तर्ने क्रममा तामाङलाई बगाएको हो ।
उनको शव स्थानीयले खोलाबाट निकालेर सर्जिवन गर्ने क्रममा रहेको पहरीले जनाएको छ ।



















