बिपी राजमार्ग निरिक्षण गर्दै मन्त्री घिसिङ

काभ्रे । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त बिपी राजमार्गको निरिक्षण गरेका छन्।

बिहिबार बिहान बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–६ चौकीडाडा पुगेर रातदिन मेसिन चलाएर छिटोभन्दा छिटो सडक खुलाउन कर्मचारीलाई निर्देशन दिएका छन् । उनले रातारात काम गरेर शुक्रबारसम्म यातायात सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

बिपी राजमार्गअन्तर्गत चौकीडाडा, घुमाउने, चारसयबेशी, नार्के, बोक्सेकुना लगायतमा डाईभर्सन भइरहेको छ । मन्त्री घिसिङले रोशीखोलाले बगाएको बिपी राजमार्ग हुँदै महाभारत गाउँपालिका जोड्ने थान्सिङ पुल तत्काल बेलिबृज निर्माण गर्न निर्देशन दिएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय