काभ्रे । सरकारले चालु आर्थिक वर्षको भदौमा मात्रै घरजग्गा कारोबारबाट ३ करोड १५ लाख रुपैयाँ राजस्व उठाएको छ ।
साउनमा घरजग्गा कारोबारबाट ३ करोड २८ लाख रुपैयाँ राजस्व उठाएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा घरजग्गा कारोबारबाट ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको छ । जब कि आर्थिक वर्ष २०८१/८२ को साउनमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ राजस्व उठेको विभागको तथ्यांक छ ।
भदौमा २७ हजार ४ सय ४९४ वटा कारोबारको नयाँ लिखत पारित भएको विभागको तथ्यांक छ । यस्तै १३ हजार ६ सय ९१ वटा कित्ताकाटको नयाँ लिखत पारित भएको विभागले जनाएको छ । यसबाट भदौमा मात्रै ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।



















