सिनेमा विकासका लागि बनेपा फिल्म स्टुडियोलाई ३ करोडको अनुदान

काभ्रे । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक ‘सिनेपाः स्टुडियो’ का लागि सरकारले ३ करोड रुपैयाँ अनुदान बजेट प्रदान गर्ने भएको छ ।

सञ्चार तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो ।

नेपाली चलचित्र उद्योगलाई प्रविधिक रूपमा सशक्त बनाउन, फिल्म निर्मातालाई एकीकृत स्थानमा सम्पूर्ण सेवा प्रदान गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन लक्षित परियोजनाको रुपमा बोर्डले उक्त स्टुडियोलाई लिएको छ । यसमा अत्याधुनिक फिल्म छायांकन, ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स, कलर ग्रेडिङ र पोस्ट-प्रोडक्सन सुविधा हुने उल्लेख छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय