काभ्रे । जेन्जी आन्दोलनपछि चौतर्फी हमलाको सिकार भइरहेको बेला नेकपा एमाले धुलिखेलमा फरक फरक भेलाको आयोजना गरिएको छ। कहीँ नभएको जात्रा हाडिगाउँमा भनेजस्तै आफू आफू मिल्नुपर्ने समयमा एमालेका नेताहरु विभाजित भएर फरक फरक भेला आयोजना गरेपछि कार्यकर्ता पंक्तिमा भने नैरस्यता छाएको छ ।
त्यसो त धुलिखेलमा बाहिर हल्ला गरेजस्तो राम्रो संगठन एमालेको छैन। काभ्रेमा रहेका छ वटा नगरपालिकामध्ये सबैभन्दा रिक्स रहेको र रेड जोनमा रहेकै नगरपालिका धुलिखेल हो भनेर भन्ने पनि धेरै छन् । स्थानीय तहको निर्वाचनका लागि नेतृत्व लिन सक्ने मान्छे नै छैनन् र कुनै मान्छेलाई एमालेमा प्रवेश गराएर टिकट दिनुपर्छ भन्ने तर्क राख्ने पनि धेरै छन् ।
यस्तो विषम परिस्थिति झेलिरहेको धुलिखेलमा पूर्व जनप्रतिनिधिले आयोजना गरेको भेलालाई काउन्टर दिने हिसाबले धुलिखेल नगर कमिटीले अर्को भेला आयोजना गरेपछि धुलिखेलमा रहेको विवाद सतहमा देखिएको हो । यस अघि धुलिखेलमा गुट छैन र विवाद पनि छैन भनेर छोप्ने प्रयास गरेका नेताहरूले नसक्ने गरी दुईवटा भेलाले नङ्याइदिएको समाचार स्रोतको दाबी छ ।
आफै-आफै गुटगत भेला गरेर थप कमजोर बन्ने अवस्थामा पुगेका छन् । कुनै समय केपी शर्मा ओलीको सबैभन्दा विश्वासिलो ठाउँ मानिने धुलिखेलमा एमालेहरू आपसी द्वन्द्वमा फसेको स्पष्ट देखिन्छ। धुलिखेल नगरपालिका ठूलो छ। यस अघिका साविक गाविसहरू मिलेर बनेको धुलिखेलका पूर्व-जनप्रतिनिधिहरूले समृद्ध धुलिखेल कसरी निर्मा टाउको गन्ने र नेतृत्व हेर्ने हो भने पूर्व जनप्रतिनिधिले नेतृत्व गरेको बेला बलियो देखिएको छ।
पूर्व जनप्रतिनिधिले समृद्ध धुलिखेल बनाउन आफूले के भूमिका खेल्न सकिन्छ भनेर सोमबार भेलाको आयोजना गरेका थिए । सोमबार भेला आयोजना गरेपछि छटपटिएको धुलिखेल नगर कमिटीको एमाले नेतृत्वले त्यही दिन पारेर अर्को भेला आयोजना गरेपछि एमालेको विवाद सतहमा देखिएको हो ।
केही समयअघिदेखि तयारी स्वरूप गरिएको भेलालाई धुलिखेल नगर कमिटीले काउन्टर दिएको छ । जुन दिन पूर्व-जनप्रतिनिधिहरुले आयोजना गरी त्यही दिन नगर कमिटीले पनि सोही प्रकृतिको भेलाको आयोजना गरेको छ । पूर्व-जनप्रतिनिधिहरूको भेलामा पालैपालो आफ्नो बिगतमा भएको बारेमा जानकारी गराउदै अब भाबि दिनमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने बिषयमा रहेर अन्तरक्रिया गरेका थिए भने यता नगर कमिटीमा बोल्ने खासै व्यक्ति नभएको स्रोतको दाबि छ ।
हुन् त पूर्व-जनप्रतिनिधिहरूको बेला बिगरेको कार्यक्रममा बोल्ने व्यक्ति नभएको हुन् सक्छ । पूर्व-जनप्रतिनिधिहरूले केही समयअघिदेखि तयारी स्वरूप गरिएको भेला भएर होला पुर्व-जनप्रतिनिधि अर्थात् नगर कमिटीको उपाध्यक्ष भने पूर्व-जनप्रतिनिधिहरूले गरेको भेलामा उपस्थिती भएका थिए ।



















