सोमबार, बैशाख ०७, २०८३
काभ्रेमा नगदसहित ८ जुवाडे पक्राउ

काभ्रे । जिल्लाको पनौतीबाट जुवा तास खेल्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पनौती नगरपालिका वडा नम्बर-९ स्थित नौबिसे फाटमा रहेको एक फर्निचरमा जुवा तास खेलिरहेका ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ लाख २२ हजार रुपैयाँ नगद र २७ बुक तास समेत बरामद भएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय