सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काभ्रे । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। बुधबार तोलामा ४ सय रुपैयाँले बढ्दै सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ४८ हजार ५ सय रुपैयाँ थियो।

शुक्रबारदेखि सुनको मूल्य लगातार बढ्दै आएको छ। गत शुक्रबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको सुन पाँच दिनमै करिब १३ हजार रुपैयाँले उक्लिएको छ।

त्यस्तै, चाँदीको मूल्य भने आज घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी ८५ रुपैयाँले घटेर ३ हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

पछिल्लो समय विश्वभर सुनको माग तीव्र रूपमा बढ्दै गएको छ। सुरक्षित लगानीका रूपमा ठूला लगानीकर्ताहरू सुनतर्फ आकर्षित भइरहेका छन्। नेपाल र भारतमा दिपावली नजिकिँदै जाँदा खुद्रा बजारमा माग थप बढेको छ। त्यस्तै, विश्वका केन्द्रीय बैंकहरूले पनि सुनको भण्डार बढाइरहेका कारण यसको मूल्य निरन्तर उकालो लागिरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय