बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, ६ घाइते

काठमाडौं । विराटनगरबाट धनकुटाको जीतपुर जाँदै गरेको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार जीतपुर जाँदै गरेको प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस निगाले भन्ने ठाउँमा सडकमा पल्टिएर दुर्घटना हुँदा महालक्ष्मी नगरपालिकाकी ६० वर्षीया गंगा कार्की र सोही नगरपालिकाका वर्ष ६०का डिल्ली बरालको मृत्यु भएको हो ।

दुर्घटनामा धनकुटा नगरपालिका–४ का ४५ वर्षीया दुर्गा माया तिम्सिना भट्टराई, मोरङ केराबारी–९ की वर्ष ६० की देवी न्यौपाने, महालक्ष्मी नगरपालिका–९ बस्ने ७५ वर्षीया तारा देवी काफ्ले, महालक्ष्मी नगरपालिकाका–८ की १७ वर्षीया खुसी लुंगेली, मोरङ गछिया–७ की आठ वर्षीया अंकिता खड्का र सोही नगरपालिका–७ की सिर्जना जिमी घाइेते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय