काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्नेछ ।
मंगलबारदेखि सुरु भएको बैठक आज दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा पुनः जारी हुनेछ।
केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ, जसले केन्द्रीय समितिको एजेन्डा तय गर्नेछ।
सभापति शेरबहादुर देउवाले कार्यवाहक तोकेसँगै आजको बैठक पूर्णबहादुर खड्काको अध्यक्षतामा सञ्चालन हुने भएको छ।



















