सगरमाथाको पहिलो आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षमा निधन

काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ।

सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा शिखरमा सफल आरोहण गर्दा कान्छा शेर्पा सोही टोलीमा भरियाका रूपमा सहभागी थिए। उनी करिब आठ हजार मिटर उचाइसम्म पुगेका थिए र त्यसपछि करिब दुई दशक पर्वतारोहण क्षेत्रमा सक्रिय रहे।

कान्छा शेर्पा हालसम्म सो ऐतिहासिक आरोहण दलका अन्तिम जीवित सदस्यका रूपमा रहेका थिए।
उनी आज काठमाडौँको कपनस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय